विजयनगरको अधुरो काम पूरा गर्न दोहोरिन चाहिन् चौधरी

कृष्ण पौडेल विजयनगर ।।

विजयनगर गाउँपालिकाकि निवर्तमान पालिका उपप्रमुख लक्ष्मीकुमारी चौधरीले पुनः यही जिम्मेवारीमा आउन चाहेको बताउनु भएको छ । विजयनगर गाउँपालिका वडा नं. ४ को घरदैलोलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । कोरोनाले कति काम गर्न नपाएको अवस्थामा पालिकाको शिक्षा स्वास्थ्य, सडक, खानेपानी, सिचाँई, विद्युत, पर्यटकीय विकास, लगायतका काम आंशिकरूपमा भएकाले यसलाई पूरा गर्न दोहोरिन चाहेको बताउनु भयो ।

यसैगरी कृषि तथा सहकारीका क्षेत्रमा धेरै काम गर्न बाँकी छ भन्दै समृद्ध विजयनगरको सपना र सोचलाई पूरा गर्न एक कार्यकालले नपुगेको चौधरीले बताउनु भयो । दोहो-याएर बाँकी अर्को कार्यकालमा सबै काम पूर्ण गर्ने लक्ष्य निर्धारण गरिसकेको उहाँको भनाइ छ । पाँच वर्षको अन्तरालमा पालिकाको मुहार फेर्न आधार खडा गरेको दाबी गर्दै प्रतिकुलताका बाबजुद पनि प्रष्ट भिजनका विकासको मोडल बनाएर आफूले काम गरेकाले जनताले आफूलाई मत जाहेर गर्नेमा विश्वास व्यक्त गर्नूभयो ।

संघीयताको मोडलमा पहिलोपटक उप प्रमुख हुँदा त गर्व लागेको थियो तर काम गर्दै जाँदा संघीयता व्यावहारिक रूपमा कार्यान्वयनमा आइ नसकेको महसुस भएको चौधरीले बताउनु भयो ।

घोषणापत्रअनुसार काम गर्न नसकेपनि सुनिने र देखिने गरी परिवर्तन गरेको बताउनु भयो । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका क्षेत्रको दिगो विकासकाको लागि समग्र विकासको दिशामा काम गरेको बताउनु भयो । धेरै कुरामा सफलता पाएपनि पूर्ण सन्तुष्ट हुने ठाउँ नभएको चौधरीको भनाइ छ ।

भौगोलिक विकटता, बजेटको सीमितता हुँदा पनि पालिकाको विकास निर्माणले अगुवाइ गरेको उहाँको दाबी छ । गाउँटोलमा स्वास्थ्य केन्द्र स्थापना र दरबन्दी कायम गरी स्वास्थ्यका क्षेत्रमा पनि नमुनाकै रूपमा काम गरेको बताउनु भयो । त्यस्तै विधार्थी संख्याका आधारमा दरबन्दी मिलान, विद्यालय भवन निर्माण, मावि तहका विद्यालयमा कम्प्युटर शिक्षक, विज्ञान प्रयोगशाला, पुस्तकालय लगाएतका काम गरेको बताउनु भयो । चौधरीले खानेपानीको क्षेत्रमा पनि धेरै योजना अगाडी बढाएको उल्लेख गर्नुभयो । त्यस्तै विधुतका क्षेत्रमा पनि काम भएको बताउनु भयो । ५ वर्षमा भएको कार्यको मुल्याङ्कन गरेर पुनः जनताले विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सर्वहारा र गरिब जनताको पार्टी एमाले भएको बताउँदै सुर्य चिन्हमा मतदान गरि विजयी बनाउन अपिल गर्नुभयो ।

प्रतिक्रिया

खबर सबै