सगरमाथा विद्या मन्दिरमा वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित सगरमाथा विद्या मन्दिर माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ को वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको तहगत नतिजा आज सार्वजनिक गरिएको विद्यालयका प्रिन्सिपल छत्रमणी पाण्डेले बताउनुभयो ।

सार्वजनिक नतिजा अनुसार विद्यालयको लोवर तहमा इरिका रायमाझी प्रथम हुनुभएको छ भने अपर कलासमा जिविका बेल्वासेले प्रथम स्थान ल्याउनुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल पाण्डेले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक नेत्र बुढाथोकीको स्वागत मन्तव्य सहित बसन्त खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमबहादुर खत्री बिरामी भई अस्पतालमा उपचाररत रहेको भन्दै विद्यालयले उहाँको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र वेल्वासे, विद्यालयका कार्यकारी निर्देशक दुर्गा अधिकारी, स्वास्थ्य चौकी भलवाडका प्रमूख जितविकास रायमाझी, पत्रकार बाबुराम रायमाझी लागाएतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै