

इ–सेवाको ‘डिजिटाईजिङ्ग नेपाल’ कपिलवस्तुमा सम्पन्न



हरि आचार्य, कपिलवस्तु । कपिलवस्तुमा ई–सेवाको आयोजनमा डिजिटाईजिङ्ग नेपाल अन्तर्गत तालिम तथा एजेन्ट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पिस हिमालय रिसोर्ट ठाकुरापुरमा सम्पन्न कार्यक्रममा ई–सेवा एजेन्टहरुको उपस्थिती रहेको थियो । विशेष गरि उक्त कार्यक्रममा विभिन्न देशकाका लागि ईन्टरनेश्नल टिकट, जिवन विमा, रेमिट्यान्स सम्बन्धी अभिमुखिकरण गरिएको थियो । जुनसुकै देशका लागि छिटो र छरितो टिकट काट्न सकिने, पुरा जोखिम हुने गरि विमा गर्न सकिने तथा रेमिट्यान्स सम्बन्धी ई–सेवा बाट कसरि छिटो र छरितो कार्य गर्न सकिन्छ भन्ने बारे छलफल गरिएको थियो ।
कार्यक्रममा ई–सेवा लुम्बिनी प्रदेश प्रमुख कमल सापकोटाले प्रशिक्षण दिंदै ई–सेवा जस्तो प्रविधि युक्त बहुउपयोगी ब्राण्डको भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो । सन २०१७ सालबाट नेपाल राष्ट्र बैंकले अनुमति दिएको ई–सेवा त्यसलगत्तै नेपाल टेलिकमद्धारा सम्मानित भएको थियो । त्यस्तै ई–सेवाका नेपाल भर १ लाख ५० हजार बढि एजेन्ट भएको र ५० लाख बढि प्रयोगकर्ता रहेको पनि कार्यक्रममा जानकारी गराईएको थियो । साथै ई–सेवा मार्फत क्यु आर पेमेन्ट, बैंक ट्रान्सफर्म, ब्रोकर पेमेण्ट, एरलाईन्स मर्सेन्ट टपअप, क्यास ईन. लगायतका विभिन्न कारोबार गर्न सकिने बताईएको छ ।
कार्यक्रममा ई–सेवा कपिलवस्तुका प्रमुख खिम बहादुर क्षेत्रीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । प्रमुख क्षेत्रीले आई परेका समस्या समाधान गर्न आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ई–सेवा एजेन्टहरुले आ–आफ्ना जिज्ञासा तथा गुनासाहरु प्रस्तुत गरेका थिए भने प्रशिक्षकले ती जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । विभिन्न सहकारीमा आवद्ध तथा व्यवसायीहरुको उपस्थिती रहेको कार्यक्रम ई–सेवा कपिलवस्तुका ईन्चार्ज प्रदिप अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया