

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात



मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो।
यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले कृषिमा जनशक्ति अभाव, खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुनु र उपभोग्य वस्तुको खपत बढ्दै जाँदा आयातमा वृद्धि भएको बताए। केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ५० अर्ब ७९ करोड रुपियाँबराबरको १३ लाख ३४ हजार तीन सय ३१ मेट्रिक टन चामल आयात भएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया