

आज – ०४ बैशाख २०७९ आइतवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा नै हुनेछ । घरपरिवारको भेटघाटले मन प्रसन्न पनि रहनेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्त र बन्धुबान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अग्रज व्यक्तिको सहयोग मिल्नेछ । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्ला । अनावश्यक बाहिर ननिस्केकै जाती ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्याका आउन सक्छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साँझमा भने खर्च बढ्न सक्छ ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल


खबर सबै
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’









प्रतिक्रिया