

कपिलबस्तुमा भएको अहिले सम्मको विकासको कार्यमा माओबादी अग्रपंतिमा : नेता थारु



भगवती न्यौपाने
बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले वाणगंगा नगरपालिका वडा नम्बर ८ बोड्गाउँमा पार्टी कार्यालय उद्घाटन भएको छ ।
चुनाव प्रचार प्रसारको लागि पार्टी कार्यालय उद्घाटन गर्दै लुम्बिनी प्रदेश कमिटि बरिष्ट सदस्य सुकई थारुले शहिदको वलिदानलाई माओवादी पार्टीले मात्रै सही मार्गदर्शन गर्न सक्ने बताउनु भएको छ । नयाँ साल २०७९ सालको शुभकामना दिदै कपिलबस्तुमा भएको अहिले सम्मको विकासको कार्यमा माओबादी अग्रपंतिमा रहेको दाबी समेत गर्नुभएको छ ।
नेकपा माओवादि केन्द्र लुम्बिनी प्रदेश सदस्य नारायण भुसालले माओवादीलाई जनताको दरिलो साथ रहने बताउनु भयो। सविधान, संसद, सरकार र कानुनको रक्षा गर्ने पार्टी माओवादी भएको बताउदै अबको चुनाबमा माओवादी पाटीको जित सुनिश्चिता भएको बताउनु भयो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि सदस्य विमला चौधरी, सुवास सल्यानी,जिला समन्यव समिति हुमनाथ पौडेल, जिल्ला सल्लाकार प्रेमराज घिमिरे, नगर उपाध्यक्ष टेकेन्द्र क्षेत्री लगायतले बोल्दै पाटीलाई चलायामान गराउदै अबको चुनाबमा उर्जाका साथ अगाडी बढ्न सबैलाई आग्रह गर्नु भयो ।
वडा कमिटि अध्यक्ष विष्णु पौडेल तेजेन्द्रको अध्यक्षता वाणगंगा वडा नम्बर ८ का वडा कमिटि उपाध्यक्ष भागिरथ न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव गणेस परियारले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रदेश कमिटि सदस्य सरोज खनाल,पुर्व किसान महासंघ केन्द्रिय सदस्य फनिराम जिसि, कपिलवस्तु काठमाडौ सम्पर्क समन्वय समिति सचिव विनोद मरासिनी लगायत पाटीका नेताकार्यकताहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया