

कपिलधाममा शालिक अनावरण, कृति विमोचन तथा स्रस्टा सम्मान कार्यक्रम एकैसाथ



राधा पाण्डे
कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित कपिलधाममा संस्कृत साहित्यका विद्वान तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका पिता स्वर्गिय साहित्यकार मंगलकुमार नेपाल र यादवनाथ कोइरालाको शालिक अनावरण गरिएको छ । शनिबार कपिल आरोग्य मन्दिर कपिलधाममा लुम्बिनी वाङ्मय प्रतिष्ठान , लुम्बिनी प्रदेश्को आयोजनामा शालिक अनावरण, कृति बिमोचन तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कला, साहित्यको विकासमा गुरुयोजना अनुरुप नै हर कदमले अगाडी बढाउन आफू कटिबद्ध रहने प्रतिवद्द्ता व्यक्त गर्नुभयो । उहाँले शान्तिका अग्रदुत गौतम बुद्धले ज्ञान प्राप्त गरेको कपिलवस्तुको तिलौराकोट, कपिलधाम, रामग्राम लगायतका पर्यटकीय स्थलको विकासका लागी आफु लागी पर्ने पनि बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले कपिलधामको प्रचारप्रसारका साथै यस ठाँउको विकासमा ध्यानदिनुपर्ने बताउनुभयो । ऐतिहासिक महत्व बोकेको कपिलधाम अझै पछाडी रहेकोले कपिलधामलाई साहित्यिक, पर्यटकिय र धार्मिक रुपमा बिकास गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बाल साहित्यकार जोसिका कडेलले स्वर्गिय मंगलकुमार नेपालको जीवनसम्बन्धी काब्यको समिक्षा गर्नुभएको थियो । यस्तै गिता अन्जानले स्वर्गिय मंगलकुमार नेपालको जीवनी संक्षीप्त रुपमा प्रस्तुत गर्नुभएको थियो ।
धाममा देशभरिका एक सय एक स्रष्टाको प्रतिमा राख्ने योजना बनाएको अनुसार विभिन्न क्षेत्रका स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङमय र कलासाधनाद्वारा राष्ट्रको गौरब बढाउने २२ व्यत्तीत्वका अर्धकदका शालिक राखिएका छन् ।
यस्तै कार्यक्रममा चिल्ड्रन्ज प्यारडाइस इङ्गलिस बोर्डिङ्ग हाइस्कुल बाणगङ्गा ,कपिलवस्तुमा अध्ययनरत छात्रा तथा नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक प्रर्खर बालकवि जोशिका कँडेल (निशा) लाई सम्मान गरिएको छ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गङ्गाप्रसाद उप्रेतीज्यूको समुपस्थितिमा कन्हैयालाल दलसिंगारीदेवी साहित्यिक प्रतिष्ठान कपिलवस्तुबाट कन्हैयालाल दलसिंगारीदेवी साहित्य पुरस्कार २०७९ बाट जोशिका कँडेल (निशा) लाई सम्मानित गरिएको हो ।
यस्तै साहित्यकार पशुपतिमणि त्रिपाठी, पूर्वी रुकुमका फत्तेकुमारी वली, रोल्पाका कविता उपाध्याय, रुपन्देहीका डिक बहादुर उपाध्याय, गुल्मीका नारायण ज्ञवाली, रुपन्देहीका गिरीत्रिस लगायत समानित हुनुभएको थियो । वरिष्ठ साहित्यकार, राजनीतिक दल, समाजसेवी, पत्रकार, स्थानिय लगायतको उपस्तिथि रहेको कार्यक्रमको संचालन लुम्बिनी वाङ्मय प्रतिष्ठानका सचिव रुद्रमणी ज्ञवालीले गर्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया