नमस्ते हाम्रो स्वर्गटद्धारी टूर एण्ड ट्रावल्स कृष्णनगरबाट सञ्चालनमा

अजय मिश्र

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेन्टर प्वाइन्ट सटेकोमा नमस्ते हाम्रो स्वर्गटद्धारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ ।

नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खाँनको प्रमुख आथितियतामा ट्रावल्सको उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो ।

पश्चिम नेपाल बस व्यवसायी संघ कृष्णनगरका इन्चार्ज आन्नद भण्डारी, सह इन्चार्ज निर्मल पराजुलि, राप्ती सार्वजनिक यातायात इन्चार्ज शाहिद खान लगायतको विशिष्ट आथितियता रहेको कार्याक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेय, बि.ओ.पि. कृष्णनगरका प्रतिनिधि लगायतको आथितियता कार्याक्रममा रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाँँनले नमस्ते हाम्रो स्वर्गटद्धारी टूर एण्ड ट्रावल्सको सफलताको शुभकामना दिदै
आफूले व्यवसायीहरूको सधै सहयोग गर्दै आएको र अगामी दिनमा समेत सहयोग रहने बताएका थिए ।

कार्यक्रममा होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले कोभिडले गर्दा अक्रांत भएका होटल व्यवसायी तथा टूर एण्ड ट्राभल्सले होटल व्यवसायी संग सहकार्य गरेर अगाडि बढे होटल र टूर एण्ड ट्राभल्स दुबैको व्यवसाय राम्रो फस्टाउने बताएका थिए ।

नमस्ते हाम्रो स्वर्गटद्धारी टूर एण्ड ट्रावल्सका अध्यक्ष इन्द्र बहादुर खड्काले नेपाल देखि भारतको पानीपत, कर्नाल, पटियाला, चण्डीगढ़, लुधियाना, जलन्धर, अमृतसर, होसियार पुर, मनाली लगायतको ठाँउबाट नेपाल आउने सेवाको मौका दिन अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, होटल व्यवसायी, शिक्षा प्रेमी, यातायात व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायत सयौंको उपस्थितिमा कार्यक्रम भव्य सफलताका साथ सम्पन्न भएको छ । भुमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै