रोटरी क्लव अफ कपिलवस्तुद्धारा ज्ञानपुन्जमा अभिमुखिकरण कार्यक्रम

ईसाझाकुरा संवाददाता

रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनको आयोजनमा ज्ञानपुन्ज बोडिङ्ग स्कुलमा विद्यार्थीहरु बिच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष माधव भाट क्षेत्रीले रोटरीले संसार भरी इन्भारोमेन्ट , पिस एन्ड कन्फ्लिट, डिजिजेस पृभेन्सन एन्ड टृट्मेन्ट, वाटर एन्ड सेनिट्रेसन , चाइल्ड हेल्थ , इकोनमिक एन्ड कम्युनिटी डेभलपमेन्ट , बेसिक एजुकेसन एन्ड लिट्रेसी गरि ७ वटा फोकस यरियामा सामाजिक काम गर्दै आइरहेको  कुरा बताउदै यस क्षेत्रमा पनि रोटरी क्लवले सामाजिक कामहरु गर्दै आइरहेको बताउनु भएको थियो।

रोटरीको स्कुल लेवलको क्लव इन्ट्याक्ट क्लव अफ ज्ञानपुन्ज गठन गर्ने उदेश्यले विद्यार्थीहरुलाइ रोटरी इन्टरनेशनल के हो इन्टयाक्ट के हो यस्ले के के सामाजिक कामहरु गर्दै आइरहेको छ भन्ने बिषयमा अध्यक्ष माधव भाटले प्रस्ट पार्नु भएको थियो। कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारी , निबर्तमान अध्यन नरेश पौडेल , सल्लाहकार कृष्ण प्रसाद भट्टराई , बिद्यालयका डाइरेक्टर रोमकान्त घिमिरे , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पदम लाल अधिकारी लगायतले शुभकामना दिनु भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी रोशन घिमिरेले राख्नु भएको थियो भने कार्यक्रम रोटरीयन कान्ता गहतराजले संन्चालन गर्नु भएको थियो।

प्रतिक्रिया

खबर सबै