

अमेरिकाबाट १० नेपाली निष्काशित, सुटुक्क ल्याइए काठमाडौं

शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन ।
अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउतले र बिराज केसीलाई समेत निष्काशन गरेको छ।
आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो। निष्कासित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो। गल्फ स्ट्रीम जहाजको भीएन ७४० एसएस को उडानबाट अमेरिकाले उनीहरुलाई निष्काशन गरेको हो ।
उनीहरुसँग नेपालको राहदानीसमेत थिएन। अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई पक्राउ गरेको थियो। अमेरिका प्रवेश गरेपछि उनीहरुले आफ्नो राहदानी लगायतका आवश्यक कागजात फालेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया