

वर्ष २०२२-२३ का लागि लायन्स क्लव कपिलवस्तुमा राम सुवागे थारुको नेतृत्व



कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा आफ्नो फरक पहिचान बनाएको लायन्स क्लव अफ कपिलवस्तुको २०२२-२३ को संयोजकमा राम सुवागे थारुको नेतृत्व रहेको छ । लायन्स अन्तरास्ट्रिय स्तरको सामाजिक संस्था हो ।
आज रुपन्देहीको लुम्बिनीमा रहेको लुम्बिनी गार्डन रिसोर्टमा आयोजना गरिएको ६ औँ अधिवेशनमा २०२१-२२ का तृतिय उपाध्यक्ष थारुलाई नेतृत्व प्रदान गरेको छ । प्रथम उपाध्यक्ष र दोस्रो उपाध्यक्षले सर्व सहमत तृतिय उपाध्यक्षलाई नेतृत्व प्रदान गरेको छ ।
२०२२-२३ का लागि राम सुवागेको थारुको संयोजक रहेको नेतृत्वमा प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरे, दोस्रो उपाध्यक्ष नवदत्त्व घिमिरे, तृतीय उपाध्यक्षमा झवि भट्टराई, चौथो उपाध्यक्षमा नारायण पौडेल तथा पाचौं उपाध्यक्षमा सुमन क्षेत्री चयन हुनुभएको छ भने बाकिँ नेतृत्व अब बस्ने बोर्ड बैठकले तय गर्ने बताईएको छ । २०२२-२३ का लागि सबै नेतृत्व सर्व सहमत चयन भएको हो ।
निर्वाचन समिति जोन चियर पर्सन लायन्स कपिलवस्तुका पुर्व अध्यक्ष सुरेन्द्र घिमिरेको संयोजकत्वमा ३ सदस्य समिति बनेको थियो जसको सदस्यहरुमा चार्टर को-चिप्स एरिया ४ का चिफ कृष्ण के.सि., २०२१-२२ का अध्यक्ष धातानन्द भुसाल सदस्य रहनु भएको थियो ।
चार्टर को-चिफ एरिया ४ का चिफ कृष्ण के.सि.को प्रमुख आतिथ्यता, जोन चियर पर्सन लायन्स कपिलवस्तुका पुर्व अध्यक्ष सुरेन्द्र घिमिरेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु २०२१-२२ का अध्यक्ष धातानन्द भुसालको अध्यक्ष तथा सचिव सागर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया