

स्वतन्त्र सेनानी गुरुङको निधनमा कांग्रेस बाणगंगा ७ द्धारा शोकसभा



कपिलवस्तु ।
नेपाली कांग्रेस बाणग्ांगा नगरपालिका वडा नम्बर ७ वडा कार्यसमितिले बिहिबार शोक सभा सम्पन्न गरेको छ । कांग्रेस नेता तथा स्वतन्त्र सेनानी नेत्रबहादुर गुरुङको निधनको शोकमा नेपाली कांग्रेस वडा कार्यसमितिले बणगंगा नगरपालिकाव डा नम्बर ७ स्थित धैरेनीडाँडामा शोक सभा सम्पन्न गरेको पदम बन्जाडेले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका स्वतन्त्र सेनानी गुरुङको ८९ वर्षको उमेरमा यही चैत्र २१ गते निधन भएको थियो । उहाँले लामो समय नेपाली कांग्रेसको राजनितिमा सक्रिय भई काम गर्नुका साथै पञ्चायतकालमा भुमिगत संघर्ष गरी संगठन विस्तारमा समेत लाग्नुभएको थियो । वि.सं. १९९० सालमा तत्कालिन हिन्दुस्तानको ढाकामा जन्मनुभएका गुरुङ भुमिगत संघर्षका क्रममा जेल समेत पर्नुभएको थियो ।
स्वर्गीय गुरुङ्को सम्झनामा आयोजित शोक सभामा नेपाली कांग्रेका नेता तथा पुर्व मन्त्री दिपकुमार उपाध्यायले पञ्चायतकाल देखि नेपाली कांग्रेसको राजनितिक गतिविधि र संगठन विस्तारमा स्वर्गीय गुरुङले खेलेको भुमिका स्मरणयोग्य रहेको बताउनुभयो । उहाको राजनितिक यात्रा र पार्टी प्रतिको योगदानलाई अब नयाँ पुस्ताका नेता तथा कार्यक्रताहरुले आत्मसाथ गरी अगाडी बढ्नुपर्नेमा पनि नेता उपाध्यायको जोड थियो ।
स्वर्गीय गुरुङको निधनको चौथो दिनको तिथिमा आयोजित शोक सभामा नेपाली कांग्रेस बाणगंगा ७ का वडा सभापति शेषकान्त बेल्वासे सहित प्रदेश सभा क्षेत्र नम्बर १ क सभापति दुर्गा के.सी, प्रदेश सभा सदस्य रुकबहादुर भुषाल, जिल्ला सदस्य बिनिराम पौडेल, प्रतिनिधिसभा क्षेत्रीय सदस्य छत्रमणी पाण्डे लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पदम बन्जाडेलेल गर्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया