

राप्ती गाउँपालिकामा २५ चैत्र देखि टाईफाईड बिरुद्ध खोप अभियान

दाङ । राप्ती गाउँपालिकामा आगामी २५ गतेदेखि टाईफाईड बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुका लागि टाईफाईड अर्थात म्यादे ज्वरो विरुरुको खोप अभियान सञ्चालन हुने भएको हो ।
स्वास्थ्य शाखाले एक कार्यक्रमका विच कार्यपालिका सदस्य एवं शाखा प्रमुख तथा सरोकारवालाहरुलाई खोप अभियान बारे जानकारी गराएको हो । स्वास्थ्य शाखाका अनुसार चैत्र २५ देखि विदालयको परिक्षालाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभएको छ ।
सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्ष सुवेदिले बालबालिकालाई खोप लगाउन र रोग बाट बच्न अनुरोध गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको समेत सहभागिता रहेको थियो ।
राप्ती गाउँपालिका क्षेत्रका विद्यालय र सम्वन्धीत वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सवै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेका बताईएको छ । टाईफाईड अर्थात म्यादे ज्वरो ज्यानै जोखिममा पार्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तीको दिसामाई टाईफाईड रोगको जिवाणु स्वस्थ व्यक्तीमा दुषित खाना वा पानीको माध्यामबाट सर्दछ । यो रोग सवै उमेर समुहका व्यक्तीहरुमा लाग्ने भएपनि १५ वर्ष मुनिका बालबालिकाहरुमा धेरै हुने गरेको तथ्याँकले देखाएको छ ।
त्यस्तै टाईफाईड भएको अवस्थामा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा समेत सेतो लेत लाग्ने कार्यक्रममा जानकारी गरिएको छ । सरकारले पहिलो पटक टाइफाइड खोप अभियान २०७८÷७९ सञ्चालन गरेको हो । खोप अभियान शुरु गरेसँगै सरकारले टाईफाईड विरुद्ध नियमित खोप सेवा समेत प्रवाह गर्ने भएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया