

मदिराको लतबारे नयाँ खुलासा

आजकल कयौँ मानिस मदिराको लतका कारण समस्यामा छन् । विश्वमा कयौँ यस्ता मानिस छन्, जो मदिराको लतमा छन् । मदिरा पिउनु स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । तर यसका बावजुद पनि मानिस मदिरा सेवन गर्ने गर्छन् ।
कयौँ मानिस मदिराको सेवनबाट आफ्नो नियन्त्रण नै गुमाउँछन् र हंगामा मच्चाउँछन् । आखिर मदिरामा त्यस्तो के चिज छ र मानिस यसको सेवनका लागि मरिहत्ते गर्न थाल्छन् ? हाल आएर भने वैज्ञानिकले मानिसलाई मदिरा सेवनको लत किन लाग्छ भनेर खुलासा गरेका छन् ।
एक नयाँ अध्ययनमा मानिसमा मदिराको लतबारे बाँदरमा भएको अध्ययनलाई समेत जोडिएको छ । वैज्ञानिकका अनुसार बाँदर खानका लागि पाकेको र थोरैमात्र सडेको फल खोज्छन् । वैज्ञानिकका अनुसार बाँदरले खाने फलमा २ प्रतिशत अल्कोहलको मात्रा हुने गर्छ । रोयल सोसाइटी ओपन साइन्सका जनरलमा यो अध्ययन प्रकाशित भएको हो ।
बायोलोजिस्ट रोबर्ट डुडलेले करिब २५ वर्ष सम्म मानिसमा मदिराको लतको बारेमा शोध गरिरहेका छन् । उनी बर्कलीको युनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गर्छन् । उनले मानिसमा मदिराको लतको विषयलाई लिएर २०१४ मा एक पुस्तक लेखेका थिए । जसको नाम ‘द ड्रकेन मङ्कीः ह्वाइ वि ड्रिक एन्ड एब्यूज अल्कोहल’ थियो । यो किताबमा उनले मानिसमा बाँदरबाट मदिराको लत लागेको संकेत दिएका छन् । पाकेको फलमा अल्कोहलको बासना आउँछ । यसैले बाँदर खानका लागि पाकेको फलको पर्खाइमा हुन्छ । यसो गर्नाले बाँदर उसले खाने फलमा अल्कोहलको अंश मिलोस् ।
मानिसमा मदिराको लत पत्ता लगाउन नयाँ अध्ययन भएको छ । यो अध्ययनले ‘ड्रकन मङ्की हाइपोथेसिस’ लाई समर्थन गर्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका बायोलोजिस्टले यो अध्ययन गरेका हुन् । बायोलोजिस्टले पनामामा पाइने ब्ल्याक हेडेड स्पापइडर बाँदरले खाएको फल र त्यसको पिसाबको नमुना संकलन गरेका थिए । अध्ययनमा बाँदरले केही गलेको फल खाएको देखा प¥यो । किनकी मदिरामा अल्कोहलको मात्रा २ प्रतिशत मात्रै पाइएको थियो । जुन प्राकृतिक रुपमै आएको थियो ।
फलमा अल्कोहलको मात्रा लो–अल्कोहल बियरको बराबरी मात्रै हुन्छ । यसका साथै बाँदरको पिसाबमा पनि अल्कोहल पाइएको थियो । अध्ययनबाट मदिराको प्रयोग शक्तिका लागि गरिने देखाइएको छ । यो अध्ययनमा संलग्न क्रिस्टिना क्याम्पबेलका अनुसार मानिस जस्तै बाँदर पनि अल्कोहल भएको फल खान मन पराउँछन् ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया