

श्रीलंका केन्द्रीय बैंकका गभर्नर अजिथद्वारा राजीनामा



श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजिथ निवार्द काब्रालले राजीनामा दिएका हुन्।
आइतबार श्रीलंकाको मन्त्रिपरिषदका सबै (प्रधानमन्त्रीबाहेक) २६ मन्त्रीले सामूहिक राजीनामा बुझाएका थिए। आर्थिक संकटका कारण इन्धन, खाद्यान्न तथा औषधिसहितका अत्यावश्यक सेवाको अभावका कारण आक्रोशित नागरिकले पछिल्लो समय प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन नियन्त्रणमा लिनका लागि राष्ट्रिय आपतकाल तथा कर्फ्यु लागु गरिएको भए पनि प्रदर्शन भने रोकिएको छैन।
उनीहरुले प्रधानमन्त्री महिन्दा राजपाक्ष तथा राष्ट्रपति गोतबाया राजपाक्षको राजीनामा माग गरेका छन्। तर राष्ट्रपति गोतबायाले भने सबै राजनीतिक दललाई सरकारमा आएर संकट समाधानका लागि काम गर्न आह्वान गरेका छन्।
मन्त्रीहरुपछि केन्द्रीय बैंकका गभर्नरले पनि राजीनामा दिएपछि श्रीलंकाको राजनीतिक तथा आर्थिक अस्थिरता थप संकटतर्फ गएको छ।
केन्द्रीय बैंकले मंगलबार ब्याजदरका सम्बन्धमा निर्णय गर्ने तयारी छ। गभर्नरको राजीनामा आए पनि ब्याजदरबारेको निर्णय पछि धकेल्ने कुनै योजना नरहेको बैंकका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया