जातिय विभेद र छुवाछूत मुक्त राष्ट्रिय दिवसका लागि सम्पूर्ण पालिकाले रकम बिनियोजन गर्नुपर्ने

रामबहादुर गन्धर्व

जातिवाद विरूद्ध कारबाही लागि आवाज भन्ने मुल नाराका साथ ५७ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा छुवाछूत उन्मुलन दिवस २१ मार्च २०२२ कपिलवस्तुको बुडढीमा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ।

आयोजित कार्यक्रममा बोल्ने सहभागिहरूले जेठ २१ गतेको छुवाछूत मुक्त राष्ट्रिय दिवस मार्च २१को अन्तर्राष्ट्रिय जातिय विभेद तथा छुवाछूत उन्मुलन दिवस मनाउनका लागि प्रत्येक पालिकाले न्युनतम एक कार्यक्रम बराबर पचास हजार बिनियोजन गर्नुपर्ने बताउदै सो रकमले दिगो बिकासका लागि लक्ष्य हाँसिल गर्न टेवा पुग्ने कुरामा जोड दिएका छन् ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गौतम बुद्व उच्च मा.बिका प्रचार्य शिशिर प्रसार अर्याल बुद्धभुमि नगरपालिका शिक्षा शाखा अधिकृत भट्टराई लगाएले जातिय विभेद अन्त्य नभए सम्म समाज परिवर्तन नहुने बताउदै जातिय विभेद समाजको बाधक रहेकाले यसलाई सबैले चिरफार गरेर लैजानु पर्ने भन्दै सबै दलित शिक्षित हुदै एक जुट भएर लाग्नु पर्ने बताए।

कार्य पत्र प्रस्तुत कर्ता सजय पासीले कानुनमा लेखिएका कुराहरूअक्षरस पालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा आयोजकले जेष्ठ तथा समाजसेवी ५५ जना महिलालाई दोसल्ला ओढाएको छ भने ७ ओटा स्थानिय तह सहित सामाजिक संस्थालाई समेत कदर पत्रले सम्मान गरेको थियो ।

३ सय बढि सहभागी रहेको कार्यक्रम ७ पालिकाको साझेदारी बुद्धभुमि नगरपालिकाको सहयोग र दलित स –शक्तिकरणको आयोजना रहेको उक्त कार्यक्रम दलित जनजागरण सेवा संघका अध्यक्ष रणबहादुर सुनारको अध्यक्षता ,लुम्बिनी पर्यटन ग्रामीण तथा शहरी बिकास राज्य मन्त्री रिना नेपाल बि.कको प्रमुख आतिथ्यता शेरबहादुर बि.कको टिप्पणी तथा स्वागत मन्त्ब्य र दलित स शक्तिकरण संस्थाका अध्यक्ष डम्बर सिंह सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै