

१२ औँ कपिलवस्तु महोत्सव : लायन्स र लियोले आयोजना गरेको रक्तदानमा कार्यक्रम ५४ जनाले दिए रगत



हरि आचार्य १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को सहयोगी संस्था लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । विगत देखि नै सामाजिक तथा मानवीय कार्य गर्दै आईरहेका लायन्स र लियो क्लवले महोत्सव स्थलमा रक्तदान कार्यक्र गरेको लायन्स क्लवका अध्यक्ष धातानन्द भुसालले जानकारी दिए । कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ कपिलवस्तुको विशेष सहयोग तथा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रमम ५४ प्वाईन्ट रगत संकलन भएको छ ।
यस क्षेत्रका उद्योगी, व्यवसायी, लायन्स, लियो तथा नेपाल नियमित रक्तदाता संघका पदाधिकारी तथा सदस्यहरुले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक डोलखराम घिमिरेले लायन्स क्लवले विगत ५ बर्ष देखि विभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आईरहेकोले प्रशंसा गर्दै प्रत्येक महोत्सवमा रक्तदान कार्यक्रम निरन्तर गर्दै आएको धन्यवाद व्यक्त गरे ।
लायन्स क्लवका अध्यक्ष धातानन्द भुसालले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने लायन्स, लियो तथा नेपाल नियमित रक्तदाता संघ कपिलवस्तुका पदाधिकारी तथा सदस्य, एवम् उद्योगी, व्यवसायी लगायत सम्पुर्णलाई आभार प्रकट गरे । कार्यक्रमका अध्यक्ष भुसालले लायन्स क्लवले विगत देखिनै गर्दै आएका विभिन्न सामाजिक तथा मानवीय कार्यहरु निरन्तर गरिरहने बताए ।
रक्तसञ्चार केन्द्र बुटवलका अध्यक्ष कृष्ण पंगेनी, लायन्सका संस्थापक अध्यक्ष कृष्ण केसीको विशिष्ट आतिथ्यता, उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेल, महोत्सवका स्वास्थ्य संयोजक राजेश पन्थ लगायतको आतिथ्यता रहेको कार्यक्रममा लायन्सका सचिव सागर घिमिरेको सञ्चालन रहेको थियो ।
कार्यक्रम लायन्सका सचिव सागर घिमिरे र लियो क्लवका उपाध्यक्ष सागर बन्जाडेको संयोजकत्वमा सम्पन्न भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया