वाणगंगा र बुद्धभुमि नगरपालिकाको सिमानामा बेवारीसे शब फेला

ईसाझाकुरा संवाददाता

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका र वाणगंगा नगरपालिकाको सिमाना पर्ने बालु खोला अन्र्तगत पुरुषको शब फेला परेको छ । शरीरको माथिको भागमा कुनै कपडा नभएको र घोप्टो रहेको अबस्थामा अन्दाजी ३० वर्षको पुरुषको शब फेला परेको घटना स्थलबाट ईसाझाकुरा कर्मी सागर पौडेलले बताएका छन् ।

टाउजर र जुता दुई फरक ठाउँबाट बरामत भएको बताइएको छ । घटना स्थलमा अहिले शवलाई बाहिर निकाल्ने क्रम जारी रहेको छ । घटनालाई ईलाका प्रहरी कार्यालय पिपरा र गोरुसिङ्गेको संयुक्त टोलि घटना स्थलमा रहेको बताइएको छ । यद्यपि शबको पहिचान भने हुन सकेको छैन् ।

 २५–३० दिन पहिलेको भएको तथा प्रहरीलाई खबर गरे झमेला हुने भएकाले  प्रहरीलाई खबर नगरेको एक स्रोतले बताएको छ । आज मात्र घटना सम्बन्धि थाहा पाए पछि ईसाझाकुराकर्मि पौडेलले प्रहरीलाई खबर गरेका थिए ।

शब अन्दाजी ८ देखि १० दिन सम्मको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । अहिले शबलाई पोष्टमाटर्मको लागि जिल्ला अस्पातल तौलिहवा लैजाने तयारी गरिएको बताइएको छ । घटना कसैले हत्या गरेको अनुमान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया