

वाणगंगा र बुद्धभुमि नगरपालिकाको सिमानामा बेवारीसे शब फेला

ईसाझाकुरा संवाददाता
कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका र वाणगंगा नगरपालिकाको सिमाना पर्ने बालु खोला अन्र्तगत पुरुषको शब फेला परेको छ । शरीरको माथिको भागमा कुनै कपडा नभएको र घोप्टो रहेको अबस्थामा अन्दाजी ३० वर्षको पुरुषको शब फेला परेको घटना स्थलबाट ईसाझाकुरा कर्मी सागर पौडेलले बताएका छन् ।
टाउजर र जुता दुई फरक ठाउँबाट बरामत भएको बताइएको छ । घटना स्थलमा अहिले शवलाई बाहिर निकाल्ने क्रम जारी रहेको छ । घटनालाई ईलाका प्रहरी कार्यालय पिपरा र गोरुसिङ्गेको संयुक्त टोलि घटना स्थलमा रहेको बताइएको छ । यद्यपि शबको पहिचान भने हुन सकेको छैन् ।
२५–३० दिन पहिलेको भएको तथा प्रहरीलाई खबर गरे झमेला हुने भएकाले प्रहरीलाई खबर नगरेको एक स्रोतले बताएको छ । आज मात्र घटना सम्बन्धि थाहा पाए पछि ईसाझाकुराकर्मि पौडेलले प्रहरीलाई खबर गरेका थिए ।
शब अन्दाजी ८ देखि १० दिन सम्मको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । अहिले शबलाई पोष्टमाटर्मको लागि जिल्ला अस्पातल तौलिहवा लैजाने तयारी गरिएको बताइएको छ । घटना कसैले हत्या गरेको अनुमान प्रहरीले जनाएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया