ओदारीमा भारतीय ट्रकको ठक्करले गम्भिर घाईते विधार्थीको उपचारको क्रममा मृत्यु

कपिलवस्तु

केहि दिन अगाडी बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ गम्भिर घाईते विधार्थी सृजना यादवको मृत्यु भएको छ ।

यादवको उपचारको क्रममा सोमबार विहान बुटवलमा मृत्यु भएको हो । फागुन २७ गते दिउँसो करिब २ बजे भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ कक्षा ११ मा अध्ययनरत १८ बर्षीया सृजना यादव गम्भिर घाईते भएकी थिईन् ।

ट्रकको ठक्करबाट घाइते यादवलाई टाउकोमा चोट लागेपछि उपचारको लागि बुटवल पठाइएको थियो ।

सो घटनापछि स्थानिय तथा विद्यार्थीले सडक बन्द गरेर ज्यानको सुरक्षा प्रत्याभूमि दिलाउन माग गर्दै नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

खबर सबै