

बालबालिकाको संरक्षण कृष्णनगरको प्राथमिकता : नगर प्रमुख शाह



कपिलवस्तु
युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा, मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शाहले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरू लाई आग्रह गर्दै बाल बालिकाको संरक्षण कृष्णनगर नगरपालिकाको पहिलो प्राथमिक बिषय रहेको जानकारी दिनुभयो ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले बालबालिका माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले विद्यालय र परिवार भित्र बाल बालिका हरू सुरक्षित रहनका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूको महत्वपूर्ण भूमिका रहने हुनाले उनीहरु बिच छलफल गरि के ( कसरी बाल बालिका हरूलाई सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रम तय गरिएको बताए
ि
कार्यक्रममा सहजकर्ता आर. टि. खानले बाल संरक्षण सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरेका थिए । सहभागी दश ओटा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले छलफल गरी बालबालिका माथि हुने हिंसा निवारण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता रहेको कार्यक्रम कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया