

मोतिपुर स्वास्थ्य चौकीद्धारा सम्मान तथा विदाई कार्यक्रम, १० जना स्वास्थ्य स्वयंसेविकालाई साईकल



भगवती न्यौपाने /कपिलवस्तु
वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणाी अर्यालले मोतिपुर स्वास्थ्य चौकीले वडाका नागरिकलाई अतुलनिय योगदान पुर्याएको बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नंम्बर ८ स्थित मोतिपुर स्वास्थ्य चौकीले कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविका सम्मान र साईकल वितरण तथा विदाई कार्यक्रममा बोल्दै उहाँले । नागरिकलाई स्वास्थ्य चौकीको पहुचले गर्दा सेवा प्रवाहमा सहयोग पुगेको बताउनु भएको छ ।
यस्तै उहाँले नगरका ११ वटै वडामा औषधीको अभाव नभएको समेत दावी गर्नूभएको छ । उपमेयर अर्यालले कोभिडको बेला पनि स्वयंसेविकाले गरेको कामको उच्च कदर गदै स्वयंसेविकाले गरेको कामको प्रसंसा समेत गर्नु पर्ने बताउनु भयो ।
वडा नंंम्बर ८ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यावस्थापन समितिका अध्यक्ष गुणनिधी भुसालले स्वास्थ्य,शिक्षा,विकास र विस्तारमा स्वास्थ्य चौकीले योगदान पुर्याएको स्पष्ट् पार्नु भयो ।
वाणगंगा नगरपालिका वडा नंम्बर ८ को आयोजना तथा मोतिपुर स्वाथ्य चौकीको सहआयोजनामा भएको कार्यक्रममा कार्यक्रममा एकजना कर्मचारी तथा एकजना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । स्वास्थ्य स्वयंसेविका माहाराजिया थारु र स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेलाई उत्कृष्ट कार्य गरेको भन्दै प्रसंशापत्र सहित खादा ओढाएर सम्मान गरिएको हो ।
यस्तै स्वास्थ्य चौकीले १० जना स्वयंसेविकालाई साइकल वितरण गरेको छ । नगर उपप्रमुख चक्रपाणी अर्याल र वडा अध्यक्ष भुसालले संयुक्त रुपमा साइकल वितरण गर्नुभएको हो । त्यसैगरी स्वास्थ्य चौकीमामा अवकास पाएका ५ जना स्वयंसेविकालाई विदाई गरिएको छ ।
कल्याणकारी सामुदायिक वन उपभोक्ता समितिले स्वास्थ्य चौकीलालाई निसुल्क सुद्ध पिउने पानी प्रदान गरेको भन्दै पुर्व सचिव गिताराम भुसाललाई उच्च सम्मानका साथ प्रशसां पत्र प्रदान गरिएको हो ।
स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेको सञ्चालन तथा सुन्दरा केशिको स्वागत मन्तव्यमा भएको कार्यक्रममा कार्यपालिका सदस्य गिता भुसाल, वडा सदस्य शिवलाल पाण्डे, नाथुराम थारु, वडा सचिव तेजराज अर्याल, स्वाथ्य कर्मी, स्वयंसेविका लगायतको उपस्थित रहेको थियो ।


प्रतिक्रिया