

दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने

दाङ
राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ ।
दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो ।
भाेलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयाे ।
खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान११ बजेदेखि दिउँसाे ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ ।
यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिनुभयो।



खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया