दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने

दाङ

राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ ।

दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो ।

भाेलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयाे ।

खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान११ बजेदेखि दिउँसाे ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ ।

यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिनुभयो।

unn.prixa.net

प्रतिक्रिया

खबर सबै