

चीनबाट लिइएको ऋण इतिहासकै महङ्गो, पोखरा विमानस्थल ऋणको पासोमा फस्दै



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण वैदेशिक सहायताको संसारमै महँगो पाइएको छ । उक्त ब्याजदर २ प्रतिशत रहेको छ ।
यो ऋणमा २५ वर्षे म्याचुरिटी अवधि र थप ७ वर्षे ग्रेस अवधि रहेको छ। म्यानेजमेन्ट फी र कमिटमेन्ट फीसमेत जोड्दा यसको ब्याज २.७५ प्रतिशत पुग्ने जानकारहरु बताउँछन् । चिनियाँ सामान र चिनियाँ ठेकेदार राख्नुपर्ने जस्ता अनेकन शर्तहरु यसमा छुट्टै थपिएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा अमेरिकी कानून भनेजस्तै यसमा चिनियाँ कानून लागू हुने नै प्रावधान छ।
नेपालको इतिहासमै अहिलेसम्म लिएको ऋणमध्ये चिनियाँ ऋण नै सबैभन्दा महङ्गो ऋण हो । अझ यो डलरमा लिएको ऋण हो ।
नेपालको मुद्रास्फितीको दरसँग समायोजन गर्दा यो ऋणको ब्याजदर अहिले नै लगभग १४ प्रतिशत हुन्छ र २० वर्षपछि लगभग ३०० प्रतिशत हुने विज्ञहरु बताउँछन् । यो ऋण नभइ ऋणको पासो तथा क्यासिनोमा चल्ने मिटरब्याज भन्दा चर्को रहेको आरोप चीनमाथि लाग्न थालेको छ।
चीनले यस्तै महङ्गो ब्याजको ऋण दिएर बनाएको श्रीलंकाको बन्दरगाह चर्को ब्याज तिर्न नसकेपछि ९९ वर्षका लागि आफैंले लिजमा लिएको छ । त्यस्तै युगान्डाको एअरपोर्ट अनि घानाको मुख्य पोर्ट पनि ब्याजको सट्टामा चीनले नै लिजमा लिएर चलाइरहेको छ । चीनसँग पोखरा र भैरहवा एअरपोर्ट लगायतमा यस्तै चर्को ब्याजमा सबैभन्दा बढी ऋण लिइएको छ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया