बाणगंगा ६ का किसानलाई दिइयो मेसिनरी उपकरण

रामबहादुर गन्धर्व, कपिलवस्तु ।
कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारी संस्था कपिलवस्तुले कृर्षकहरुलाई मेसीनरी उपकरण वितरण गरेको छ ।
कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा ६ लक्ष्मणघाटको आयोजना र नेपाल लाइभस्टक सेक्टर बिकेन्द्रीकृत इकाई बुटवलको सहयोगमा स्थानीय कृषकहरूलाई ब्यवस्थित पशुपालनका लागि २२ जना किसानहरूलाई २ वटा भैंसी बराबर एक थान काउ म्याट र १/१वटा कटर च्याप मशिन हूतान्त्रण गरिएको हो । पशुपालनका लागि आधुनिक उपकरण र मेसीनरी सामान पाएपछि किसानहरु खुसी भएका छन् ।

कार्यक्रममा पशु भेटेनरी अस्पताल विज्ञ केन्द्र कपिलवस्तुका प्रमूख उत्तम आचार्य सहित वाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारु लगाएतको विशेष उपस्थितिका बिचमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रका प्रमूख आचार्यले आफुहरुले पशुपालक किसानहरुका लागि विभिन्न योजनागत कार्यहरु संचालन गरिरहेको बताउनुभयो । उहाँले किसानहरु आधुनिक पशुपालन प्राणालीमा रुपान्त्रण हुनुपर्ने पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा वडा अध्यक्ष सुकदेव थारुले वडागत बजेटबाट आफुहरुले पनि वडाका किसानहरुलाई पशुपालन र कृषिलाई आधुनिकरण गर्नका लागि बजेट उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले वडालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन खोजिएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

खबर सबै