लक्ष्मणघाट सामुदायिक बनको नेतृृत्व थापालार्ई

रामबहादुर गन्धर्व, कोपवा ।
कपिलवस्तुको बाणगंगा स्थित श्री लक्ष्मणघाट सामुदायिक बन उपभोक्ता समूह बाणगंगा ६ लक्ष्मणघाट कपिलवस्तुको २३ औं साधरण सभा तथा ७ औं अधिवेशनबाट खडग बाहादुर थापा अध्यक्षमा चयन भएका छन् ।
२२.२४ हेक्टर बनको क्षेत्रफल रहेको सामुदायिक बनमा कुल ३४७ घरधुरी सख्या रहेको उक्त बनमा कुल १९९० जनसंख्या रहेको छ। सम्पन्न साधाराण सभा कार्यक्रममा समुहका कोषाध्यक्ष इन्द्रबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रसतुत गर्दै ५१ लाख ४० हजार ८ सय ९ रूपिया आय ब्याय सार्वजनिक गरेका थिए ।
अधिवेशनले आगामी ३ बर्षका लागि थापा अध्यक्ष रहने गरि ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा माधव प्रसाद खनाल ,सचिवमा अपिला टन्डन (भुसाल ), कोषाध्यक्षमा रामचन्द्र मरासिनी, सह सचिवमा थानेश्वर भट्टराई रहेका छन् भने सदस्यहरूमा क्रमशः धनिकुमारी गन्धर्व ,धनु भट्टराई ,सरस्वती न्यौपाने ,जानकी थारू,मुक्ति पाण्डे र जितमान बि.क. रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई सव डिभिजन मोतिपुरका प्रमुख जगतनारायण हरिजन,काष्ठ ब्यवशायी÷समाजसेवी कल्याण टन्डन, ज्येष्ठ नागरिक तथा समाजसेवी कृष्ण बहादुर खत्री लगाएतले सफल कार्यकालको शुभकामना दिएका थिए भने निबर्तमान अध्यक्ष हुमनाथ भट्टराईले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ गराएका थिए । कार्यक्रम हुमनाथ भट्टराईको अध्यक्षता ,सचिव कौशल्य थारूको सञ्चालन सहित रण बहादुर काउचाको स्वागत मन्त्ब्यमा सम्पन्न भएको बनले जनाएको छ।

प्रतिक्रिया

खबर सबै