राम आधारभुत विद्यालयलाई मन्दिर हस्तान्तरण

नवराज बेल्वासे

आज श्रीपञ्चमी अर्थात् सरस्वती पुजाको अबसरमा राम आधारभुत विद्यालय वाणगंगा ९ पडरीयालाइृ सरस्वतीको मन्दिर हस्तान्तरण गरीएको छ । समाजसेवी तथा युवा व्यवसायी लाल बहादुर खड्काले उक्त मन्दिर निमार्ण गरी आज विद्यालयलाई मन्दिर हस्तान्तरण गरीएको हो ।

समाजसेवी लाल बहादुर खड्काको प्रमुख आथितियता रहेको कार्यक्रममा सरेपानि सामुदायिक बनका अध्यक्ष गिर बहादुर गुरुङ, व्यवस्थापन समिति सदस्य, अभिभावक संघका सदस्य तथा पत्रकारहरुको उपस्थिती कार्याक्रममा रहेको थियो ।

राम आधारभुत विद्यालय भलवाडको उत्कृष्ट विद्यालय भनेर चिनिएको भए पनि अब विद्यालय नगर,जिल्ला, प्रदेश हुदैँ राष्«टकै उत्कृष्ट विद्यालय हुने व्क्क्तहरुले शुभकामना मन्तव्यमा भनेका थिए ।

शुभकामना मन्तव्यमै खड्काले आफु पढेको विद्यालयलाई सरस्वती पुजा जस्तो पवित्र दिन सरस्वतीकै मन्दिर विद्यालयलाई हस्तान्तरण गर्ने पाउदा आफु निकै खुसि रहेको बताएका थिए ।

यस्तै सरस्वती पुजाकै अवसरमा विद्यालयमा अक्षरारम्भ कार्यक्रममा पनि नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयका प्र.अ ओमलाल गिरीका अनुसार विद्यालयमा २० जनाभन्दा बढी नयाँ विद्यार्थी समेत भर्ना भएका छन् ।

पछिल्लो समय राम आधारभुत विद्यालय यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा हेरीदै आएको र यस्तो उत्कृष्ट विद्यालयमा छोराछोरी भर्ना गराउन पाउनु आफ्नो भाग्य रहेको अभिभावकहरु बताउन्छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता रहेको कार्याक्रमा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै