

कपिलवस्तुका विद्यालयहरुमा गरियो श्रीपञ्चमी पूजा



रामबहादुर गन्धर्व, कपिलवस्तु ।
आज श्रीपञ्चमी आर्थत विद्याकी देवी सरस्वती पूजा । कपिलवस्तु सहित देशभरका शिक्षालय र शिक्षार्थीहरुले विभिन्न कार्यक्रमका साथ श्रीपञ्चमी पूजा गरेका छन् ।
कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरि श्रीपञ्चमी मनाइएको छ । कपिलवस्तु स्थित विभिन्न बिद्यालयहरुमा विभिन्न कार्यक्रम गरि सरस्वती पुजा सम्पन्न गरिएको हो । बाणगंगा नगरपालिका वडा नं.६ बैदौली निवासी समाजसेवी रामकिशुन थारूले आफ्ना स्वर्गीय माता जगरानिया,कोहली,पिता रोगही थारूको सम्झनामा सोही वडाको सुठौली स्थित श्री ज्ञानोदय आधारभुत बिद्यालयको प्रङ्गणमा सरस्वतीको मुर्ति स्थापना गर्नुभएको छ । सो अवसरमा बिद्यालयले समाजसेवी रामकिशुन थारूलाई कदर पत्र सहित दोसल्ला ओढाइ सम्मान पनि गरेको छ ।
कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष नमनारायण उपाध्ययको अध्यक्षता ,शिक्षक पिताम्बर खनालको सञ्चालनमा सम्पन्न भएको बिदालयले जनाएको छ ।
त्यस्तै बाणगंङ्गा ५ कोपवा कपिलवस्तु स्थित अन्नपूर्ण बिद्या मन्दिर मा.बि., कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन बाणगंङ्गा ६ बैदौली र बुद्ध शान्ति इङ्लिस स्कुल कुस्मा कपिलवस्तु ९ ले पनि सरस्वती पुजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया