प्रजिअ पाण्डेद्वारा विपन्न परिवारलाई न्यानो कपडा बितरण

राधा पाण्डे

गुह मन्त्रालयको आदेश अनुसार बिपद ब्यवस्थापन समितिले कपिलवस्तुका अति बिपन्न नेटुवा परिवारलाई न्यानो कपडा, जुत्ता लगायतका सामग्री वितरण गरेको छ । समितिले शुद्दोदन गा.पा.का वार्ड १ प्रगतिनगरका १६, परिवार र शुद्दोदन ३ का १६ परिवार गरी ५२ नेटुवा घरपरिवारलाई जुत्ता ३ सेट ज्याकेट, महिलाको भित्री कपडा समेत वितरण गरेको हो ।
वितरण कार्यक्रममा प्रजिअ चक्रपाणी पाण्डेले बिपन्न परिवारलाई न्यानो कपडा बितरण गर्न गुह मन्त्रालयले पठाएको र मन्त्रालयको आदेश अनुसार आफुहरुले बिपन्न परिवारलाई न्यानो कपडा लगायतका सामग्री वितरण गरेको बताउनु भयो । यस्तै उहाँले कुमाल लगायतका बिपन्न परिवारलाई समेत कपडा बितरण गरिने जानकारी दिनुभयो ।
यस अघि जिल्ला बिपद ब्यवस्थापन समितिले २ सय ४८ परिवारलाई ४ सय कम्मल बितरण गरी सकेको छ ।

प्रतिक्रिया

खबर सबै