

वाणगंगा ८ धनेशपुरका बस्नेतले गरे ५१ हजारमा एउटा बोका बिक्री



बसन्ता भुसाल
नेपाल एक कृषि प्रधान देश हो । गर्ने सके कृषिमा सफल हुने उदाहरण धेरै छन् । त्यसैको एउटा उदाहरण बनेका छन् वाणगंगा नगरपालिका वडा नम्बर ८ धनेशपुर निवासी दधिराम बस्नेत । बस्नेतले एउटा बोकालाई ५१ हजारमा बिक्री गरेका छन् ।
बस्नेतले जमुनापारको बोकालाई ५१ हजारमा बिक्री गरेका हुन् । मेहनत गरे आफ्नै देशमा हिरा फलाउन सकिन्छ, भने जस्तै विदेशमा पसिना वगाउनुको सट्टा स्वदेशमै श्रम र सीपलाई खर्चन सके सम्मृद्धि र कृषि क्षेत्रको विकास द्रुत गतिमा हुन सक्ने बस्नेतको भनाइ छ ।
उनले करिब २ दशक भारतको पन्जाबमा बसेर परौठाको व्यापार गरेका थिए । त्यस पश्चात उनले नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचले कृषि तथा पशुपालन तर्फ आकर्षित भएको बताउछन् ।
उनले अहिले बस्नेत एकीकृत पशुपालन तथा कृषि फर्म संचालन गरेका छन् । उनले यो पेशाबाट आफू सन्तुष्ट भएको बताउदै स्थानीय युवाहरुलाई पनि नेपालमा नै आफ्नो सिपको सदुपयोग गरेमा राम्रो आम्दानी गर्न सकिने बताएका छन् ।
दधिराम बस्नेत २ दशक अगाडि पन्जावमा बसेर आलु परौठा बनाउथे । कपिलवस्तुका दधिराम अहिले नेपालमा आफ्नै कृषि फर्म खोलेर बसेका छन् ।
उनी १८ वर्षको उमेरमै घरपरिवारको जिम्मेवारी बोकेर पन्जाब लागेका थिए । त्यहा उनले सुरुमा होटेलमा काम गर्न सिके , त्यसपछि आफ्नै परौठा व्यावसाय सुरु गरे त्यो पनि एउटा ठेलामा !
उनले आलुको परौठा स्वादिलो बनाउने भएकाले पनि उनको ठेलामा परौठा खाने बन्जावी देखि लिएर नेपालीसम्म पुग्ने गर्थे ।
उनले त्यही पैसाले घरखर्च चलाउने,छोराहरुलाई पढाउने गरेका थिए । बिस्तारै उनले त्यही कमाइबाट घर नजिकै जग्गा पनि किने ।
उनी कृषि तर्फ अग्रसर भए । किनकी उनकी श्रीमतीले गाई भैंसी पलान गर्ने र तरकारी खेती गर्ने गरेकी थिइन् । त्यसमा पनि उनले सुरुमा भैंसी किन्नका लागि योजनाले मात्रै कसरी पुग्थ्यो र पैसा पनि भने जति थिएन ।
त्यसपछी उनी पन्जावबाट घर फर्किए उनले राँगा पाल्न सुरु गरे त्यसबाट पनि राम्रै आम्दानी पाए ।
बिस्तारै उनकी श्रीमती सीता र उनी मिलेर गाइभैसी पाल्ने अनि तरकारी खेती गर्ने गर्न थाले यसैवाट उनीहरुले प्रसस्त आम्दानी गर्न सफल भए ।
उनले पन्जाबमा बस्दा पनि नेपालमा फर्केपछी आलु परौठाको बिक्री गर्ने योजना बनाएका थिए ।
तर त्यो योजना नेपाल आएपछी असफल भयो ।
योजना बुनेर मात्र हुँदैनथ्यो ।
उनको गोठमा अहिले भैँरी बाख्रा,छन् भने उनले बारीमा आलु,लसुन,साग,प्याज,टमाटर,गोपी लगायतका तरकरी लगाएका छन् ।
उनका अनुसार उनले लगाएका आलु टमाटर ,प्याज गोपी लिन मान्छेहरु घरमै आउने गर्छन् । बेलाबेला उनीकहाँ कृषि विज्ञहरु पनि अनुगमनका लागि आउने गर्छन् ।
उनी भन्छन् “नेपाली युवाहरुले पनि आफुमा भएको सीप प्रयोग गर्ने हो भने अरुको देशमा पसिना बगाउनु पर्दैन आफ्नो काम जति बेला गर्दा पनि हुन्छ”मलाई यहि पेशाबाट सन्तुष्टि मिलेको छ त्यसैले म खुसी नै छु ”
उनले हरेक वर्ष नगरपालिका र प्रदेश सरकारबाट पनि अनुदान पाउने गरेको बताएका छन् । प्रदेश र स्थानीय सरकारले वैदेशिक रोजगारका लागि विदेशिने युवाहरूलाई पनि स्वदेशमा नै कृषि कार्यमा आकर्षित गराउन सके नेलाल आत्मनिर्भर बन्न सक्ने थियो ।
अहिले उनले यहि पेशाबाट वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया