बेपत्ता युवा परिवारको सम्पर्कमा …

सागर पौडेल ,कपिलवस्तु ।
वैदेशिक यात्रा बाट फर्किद‌ै गरेका कपिलवस्तुका युवा छ दिन देखि बेपत्ता भएका थिए तर आज एकबिहानै परिवारको सम्पर्कमा आएको परिवारले ई साझा कुरालाई जान्कारि दिएका छ्न। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुर निवासी ३० वार्षिय युवा रिम बहादुर खड्का ( रने) वैदेशिक राेजगारीबाट स्वदेश फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्राेतले जनाएको थियो । उनको खोजिका लागि परिवार दिनरात यताउता भैतारिरहेका थिए तर केहि कुरा पता नलागेपछि मिडियाको साहार लिन पुगेका परिवारमा अहिले खुशी छाएको छ । हिजमात्र उनि बेपत्ताको खबर प्रकाशित भएको थियो । उनकि श्रीमतिका अनुसार अहिले खड्का आफ्नो भिनाजु संग काठमाडौमा सम्पर्कमा रहेको छन । यतिका दिन कहाँ के गरेको थिए भने कुरा पता नलागेको परिवारिक स्रोतले बताएको छ । उनि सकुसल रहेका छ्न । खोजीका लागि सहयोग गर्ने सन्चारक्रमि र सन्चारगृहलाई परिवारले धन्यवाद दिएको छ ।

प्रतिक्रिया

खबर सबै