

लाेसपा कपिलवस्तुले पनि मनायाे शहिदकाे सम्झनामा बलिदानी दिवस



कपिलवस्तु ।
मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस कपिलबस्तुमा आज औपचारिक कार्यक्रम गरी मनाइएकोे छ । मधेस आन्दोलनको समयमा सहादत प्राप्त गरेका सहिदहरूको स्मरणमा मनाइएको बलिदानी दिवस बुधवार लोकतान्त्रिक समाजवादी पार्टीको आयोजनामा मनाइएको हो ।
‘स्वायत्त मधेस एक प्रदेश’ र अधिकार प्राप्तिका लागि १५ वर्ष अगाडि मधेसी जनता तथा मधेसवादी दलहरूले गरेको आन्दोलनमा शहिदहरुको स्मरण गर्दै जहिले सम्म स्वायत्तमधेश प्रदेश घोषणा नभए सम्म आन्दोलन जारी रहने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य रबिदत्त मिश्रले बताउनु भयो ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी जनताको अधिकारको रक्षाको निमित्त सदैत संघर्षमा रहेन उल्लेख गर्दै जिल्ला अध्यक्ष कैलाश अग्रहरीले जनताको बलिदानी बाट प्राप्त लोकतन्त्रलाई पार्टीले कुनै पनि हालतमा समाप्त हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य सन्तराम गुप्ता लगायत पार्टीका बिभिन्न नेताहरुले शहिदहरुलाई श्रद्धाञ्जली दिएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष कैलाश अग्रहरीको अध्यक्षता र जिल्ला पर्यवेक्षक मधुसुदन शरण चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया