प्रज्वलको निधनप्रति भुषाल समाज भलवाडद्धारा शोक सभा सम्पन्न

 भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुर स्थित भुषाल समाज भलवाडले शोक सभा सम्पन्न गरेको छ । भुषाल समाजको सदस्य प्रज्वल भुषालको निधनको ९ औँ दिनको अवसरमा आज शोक सभा सम्पन्न भएको समाजका अध्यक्ष कुन्तामणी भु्षालले बताउनुभयो ।
सम्पन्न शोक तथा श्रद्धान्जलि सभामा भुषाल समाज भलवाडका अध्यक्ष कुन्तामणी भुषालको अध्यक्षतामा समाजसेवी नारायण खनालले सडक दुर्घटनामा परी ज्यान गुमाएका प्रज्वल भुषाल (हरि) को निधनले अत्यन्त मर्माहत बनाएको भन्दै शोक सन्तप्त परिवारजनले शोकलाई शक्तिमा बदल्न आग्रह गर्नुभयो । यस्तै उहाँले परिवरजनमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ ।
यस्तै कार्यक्रममा भुषाल समाजका अध्यक्ष कुन्तामणी भुषालले प्रज्वलको निधनले सिँगो भुषाल समाज शोकमा डुबेको भन्दै आफुहरु मर्माहत भएको बताउनुभयो । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा भुषाल समाज भलवाडका उपाध्यक्ष विष्णी भुषाल, सचिव सिता भुषाल, कोषाध्यक्ष छविलाल भुषाल लगाएतको उपस्थिति रहेको थियो । यस्तै भुषाल समाज भलवाडले शोकमा डुबेको परिवारलाई आर्थिक सहयोग पनि प्रदान गरेको छ ।
स्वर्गिय प्रज्वल भुषाल (हरि) को केही दिन अघि बाणगंगाको वडा नम्बर १ स्थित बैरियामा मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको थियो । २४ वर्षीय उनी होटल संचालक थिए । सामान डेलिभरीका लागि जाँदै गर्दा आफुले चलाएको मोटरसाईललाई नम्बर नखुलेको एक अपरिचित साधनले ठक्कर दिएको परिवारको भनाई छ । यद्यपी ठक्कर दिने सवारी साधन भने अहिले सम्म फेला पर्न सकेको छैन । प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै