

कपिलवस्तुमा मनाइयो भुकम्प स्मृति दिवस



सुशील गैरे
१९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा कपिलवस्तुको तौलिहवामा २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यलय कपिलवस्तु र जिल्ला विपद व्यवस्थापन कार्यालय कपिलवस्तुको आयोजनामा दिवस मनाइएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले नागरिकमा अझै पनि सुरक्षा सचेतना नरहेको र त्यसको लागि अभिभावक, शिक्षक र सरोकारवाला निकाय र मिडियाले सुरक्षा संवेदनशीलताका विषयलाई विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा ईन्जिनियर राजेश कुमार शैनिले भवन निर्माणमा अपनाउनुपर्ने विषयलाई समेटेर प्रस्तुतिकरण गर्नुभएको थियो। उपस्थित निर्माण व्यवसायीहरुले सार्वजनिक निर्माणमा देखिएको टेण्डरको कानुनि प्रक्रियाको जटिलताको कारणले निर्माण भुकम्पिय जोखिमयुक्त भएको बताए । प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउन आवश्यक रहेको बताए ।
पाण्डेले विद्यालयस्तरबाट नै सुरक्षा संवेदनशीलतालाई विशेष महत्व दिएर सिकाई कार्य गर्नुपर्नेमा जोड दिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया