

एमाले कपिलवस्तुमा जुटेन सहमति , चुनावी प्रक्रिया सुरु, अहिले मतदान जारी



कपिलवस्तु ।
नेकपा एमालेको जारी जल्ला अधिवेशन अन्र्तगत कपिलवस्तुमा सहमितिमा नेतृत्व चयन हुन नसकेपछि अन्तत ः चुनावी प्रक्रिया सुरु भएको छ । कपिलवस्तुको जिल्ला अधिवेशन बाणगंगा स्थित बुङ्चिमा चलिरहेको छ । जारी अधिवेशन अन्र्तगत अध्यक्ष सहित उपाध्यक्ष, सचिव लगाएतका पदमा आकांक्षिहरु धेरै भएपछि कपिलवस्तुमा चुनावी प्रक्रिया अन्र्तगत मतदान सुरु भएको हो ।
अहिले साँझ देखि मतदान सुरु भएको एमाले कपिलवस्तुले जनाएको छ । अन्तिम समय सम्म सहमितिका आधारमा नेतृत्व चयनको कसर भए पनि नेताहरु बिचमा सहमति नजुटेपछि मुख्य पदका लागि चुनाव गरिएको हो । एमाले कपिलवस्तुको जिल्ला अध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा गएका छन् । नेत्रराज अधिकारी, डम्मर शर्मा र बाबुराम खनालका बिचमा चुनावी प्रतिश्प्रधा सुरु भएको निर्वाचन स्थलबाट सहकर्मी सागर पौडेले जानकारी दिनुभएको छ । यस्तै उपाध्यक्षमा विश्राम थारु र हिरालाल पौडेल बिच चुनावी लडाई सुरु भएको हो ।
अहिले मतदान सुरु भएको छ । राति अबेर सम्म मतपरिणाम सार्वजनिक हुने अनुमान छ । कपिलवस्तु जिल्ला अध्यक्षका लागि ६ जना नेताहरुको नाम चर्चामा थियो । अन्त्यमा तीन जनाको चुनावी प्रतिश्प्रर्धा भएको ाहो ।
्यस्तै सचिव पदका लागि भेषराज पाण्डे, विश्व कार्की र सिवी गहतराज तीन जना चुनावी मैदानमा होमिएका छन् ।
एमाले कपिलवस्तुको अधिवेशनमा ५९६ जना प्रतनिधि रहेका छन भने बाणगंगा नगरापलिकामा मात्रै २ सय बढी प्रतिनिधि छन् । यसरी हेर्दा बाणगंगाबाट उमेद्धारी दिएका उमेद्धारहरुलाई केही सहज अनुमान गरिएका े छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया