एमाले अधिबेशनको सहमति हुने सम्भावना कम: चुनावको तयारी तीव्रता

सागर पौडेल ,कपिलवस्तु

नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशन पुस २३ बाट उत्घाट्न सुरु भएको छ । बाणगंगाको बुङचीमा रहेको सिद्धार्थ क्याम्पसको सभा हलबाट जिल्ला अधिवेशन सुरु भएको हो । अध्यक्ष देखि सदस्यसम्म आकांक्षी धेरै भएपछि सहमति हुने सम्भावना कम देखिएको छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्य जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ ।

यता जिल्लाको अध्यक्षमा उम्मेद्वारी दिने झण्डै आधादर्जन नेता रहेका ले सहमति हुन नसकेको हो । जसमा डम्मर शर्मा, बाबुराम खनाल, नेत्रराज अधिकारी, बाबुराम आचार्य, खुम प्रसाद अचार्य, कुमार मधु बेल्वासे लगायतले अध्यक्ष पदमा उम्मेद्बारी दिने छन् । जसमध्य डम्मर शर्मा र नेत्र अधिकारी बलिया उमेद्धवारका रुपमा रहेका छन । एमाले नेतृ बिमला घिमिरे र एमाले नेता बलराम अधिकारी, बिष्णु पन्थीको सर्मथन  डम्मर शर्मालाई रहेको बुझिएको छ भने त्यस्तै अर्का दावेदार नेत्रराज अधिकारीको पनि पश्चिम दक्षिण क्षेत्रमा राम्रो प्रभाव रहेको छ । हालका जिल्ला अध्यक्ष झविलाल पोखरेल मौन रहेको बुझिएको छ ।

त्यस्तै जिल्ला उपाध्यक्षमा चक्र अर्याल र बिश्राम थारुबिच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । सचिवमा भेषराज पाण्डे र बिश्व कार्की बिच कडा प्रतिस्पर्धा हुने बुझिएको छ । जिल्लामा कुल ५९६ जना प्रतिनिधि रहेका छन भने बाणगंगामा मात्र २०० बढि प्रतिनिधि रहेका छन । जसका कारण बाणगंगा नगरपालिकाबाट उठने उमेद्धवारलाई केही भोट चोरे चुनाव जित्न सकिने आकंलन गरिएको छ । चुनाव भएको खण्डमा भने हालै माओवादीबाट एमाले प्रवेश गरेका नेतालाई ग्राहो पर्ने देखिन्छ ।

प्रतिक्रिया