

चिया पिउँदै समाज सेवामा पहिलो पाईला नेपाल…

तपाइँको चियापान,बालबालिकाका लागि न्यानोपन’ भन्ने नाराका साथ पहिलो पाइला नेपाल,रुपन्देहीले चिया पिउँदै समाज सेवा भन्ने अभियान थालेको छ । संस्थाले बुटवलको ट्राफिक चोकमा शुक्रबारदेखि चियापान कार्यक्रम सुरु गरेको संस्थाका सदस्य गौरव खनालले बताए ।
उक्त कार्यक्रम हरेक साँझ तीन दिनसम्म चल्ने कार्यक्रमका संयोजक बाबुराम खनालले बताए । शुक्रबार कार्यक्रमको शुभारम्भ अवसरमा पहिलो पाइला नेपालकी अध्यक्ष प्रतिभा क्षेत्रीको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका सदस्य कल्पना थापा,पुष्पा घिमिरे,विनिता बस्याल लगाएतले चिया पकाएर उपस्थितलाई सेवा प्रदान गरेका छन् । चियापान कार्यक्रममा सहभागि मध्ये रमेश खनाल,कमल खत्री,सिर्जना गिरीले जाडोमा चिया पिउँदै आफूले चाहे अनुसार सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया