चिया पिउँदै समाज सेवामा पहिलो पाईला नेपाल…

तपाइँको चियापान,बालबालिकाका लागि न्यानोपन’ भन्ने नाराका साथ पहिलो पाइला नेपाल,रुपन्देहीले चिया पिउँदै समाज सेवा भन्ने अभियान थालेको छ । संस्थाले बुटवलको ट्राफिक चोकमा शुक्रबारदेखि चियापान कार्यक्रम सुरु गरेको संस्थाका सदस्य गौरव खनालले बताए ।

आर्थिक रुपले विपन्न रहेका बालबालिकालाई न्यानो कपडा प्रदान गर्नका लागि आर्थिक संकलन गर्ने उद्देश्यले चियापान कार्यक्रम आयोजना गरिएको संस्थाका रुपन्देही अध्यक्ष पारस मरासिनीले बताए। चियापान कार्यक्रममा सहभागी भएर चियापान गर्नेले आफ्नो इच्छाअनुसार सहयोग गर्न सक्ने उनले जनाए ।

उक्त कार्यक्रम हरेक साँझ तीन दिनसम्म चल्ने कार्यक्रमका संयोजक बाबुराम खनालले बताए । शुक्रबार कार्यक्रमको शुभारम्भ अवसरमा पहिलो पाइला नेपालकी अध्यक्ष प्रतिभा क्षेत्रीको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका सदस्य कल्पना थापा,पुष्पा घिमिरे,विनिता बस्याल लगाएतले चिया पकाएर उपस्थितलाई सेवा प्रदान गरेका छन् । चियापान कार्यक्रममा सहभागि मध्ये रमेश खनाल,कमल खत्री,सिर्जना गिरीले जाडोमा चिया पिउँदै आफूले चाहे अनुसार सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिक्रिया