

कपिलवस्तु जेसीज २०२२ का लागि नयाँ नेतृत्व, अध्यक्षमा पौडेल



कपिलवस्तु
कपिलवस्तु जेसीजले सन् २०२२ का लागि सर्वसम्मत रुपले अध्यक्षमा गुरुदेव पौडेल चयन गरेको छ । कपिलवस्तु जेसीजको २२ औं शाखा अधिवेशन अन्तर्गत बिहीबार सम्पन्न निर्वाचन कार्यक्रमबाट अध्यक्षमा पौडेल सर्वसम्मत भएका हुन् ।
कपिलवस्तुको पत्रकारितामा क्रियाशील पौडेल कपिलवस्तु जेसीजका अध्यक्षमा चयन भएका हुन् भने पौडेल नेपाल प्रेस युनियन कपिलवस्तुका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघका कपिलवस्तु शाखाका सदस्य समेत हुन् ।
निर्वाचन अधिकृत रविराज आचार्यका अनुसार कार्यकारिणी उपाध्यक्षमा अमृत घिमिरे, मदन पौडेल, त्यस्तै उपाध्यक्षहरुमा सुनील पाण्डे, शान्ति क्षेत्री, शंकर कार्की, मिन बहादुर थापा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सुशील पौडेल कपिलवस्तु जेसीजको कानुनी सल्लाहकार भएका छन् भने महासचिवमा चन्द्रकान्त पोख्रेल, कोषाध्यक्षमा कमल घिमिरे रहेका छन् ।
कपिलवस्तु जेसीजको अध्यक्षमा चयन भएपछि पौडेलले कपिलवस्तु जेसीजलाई सबैको भावना समेटेर साझा र उत्कृष्ट जेसीज बनाउने प्रतिबद्धता जनाएका छन् । जेसीजको पद हस्तान्तरण भने एक कार्यक्रमका बीच आपसी सहमतिमा मिति तय गरिने बताइएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया