

बाल विवाह न्युनीकरणका लागि पत्रकारको भूमिका सम्बन्धि तालिम समापन



तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बाणगंगा नगरपालिकालाई विभिन्न ४१ वटा सुचक पुरा गरि बालमैत्री घोषणा गरिएको तर त्यसलाई दिगो गराई राख्न चुनौति थपिएको बताए । ‘४१ वटा सुचक पुरा गरेर हामीले बाणगंगालाई बालमैत्री घोषणा त गर्यौ तर यो हाम्रा लागी चुनौति हो, जुन चुनौति थपिएको छ ।’ उनले भने । उनले बाणगगामा गर्भपतन गराउनेको संख्या डर लाग्दो भएको बताए । उक्त गर्भपतन गराउने १५ देखि २० बर्ष उमेर समूहका रहेको उनले बताए ।
उपप्रमुख अर्यालले बाणगंगा जिल्लाका १० पालिका भन्दा बाल विवाह न्युनीकरणमा अगाडि रहेको समेत दाबी गरे ।
२ दिनसम्म चलेको तालिममा अधिवक्ता ईन्दु तुलाधरले सहजीकरण गरेकी थिईन् । अधिवक्ता तुलाधरले बालविवाह, त्यससंग सम्बन्धित कानुनी प्रावधान, लैङ्गिकता, बालविवाह न्युनीकरणमा पत्रकारको भूमिकासंगै यससंग सम्बन्धि विविध पक्ष लगायतका विषयमा प्रष्ट पारेकी थिईन् । उनले कपिलवस्तुमा बालविवाह न्युनीकरण गर्न जिल्लाका सबै पालिका तथा सरोकारवालासंग समन्वयात्मक ढङगबाट अन्तरक्रिया गर्दै प्रभावकारी रिपोर्टिङ गर्ने विश्वास व्यक्त गरिन् ।
तालिममा सहभागी जिल्लाका क्रियाशिल पत्रकारहरुले बाल विवाह न्युनीकरणका लागी आफुले खेल्नुपर्ने भूमिका संक्रियताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । तालिममा नेपाल संचारीका समूहकी उपाध्यक्ष कमला पन्थी, केन्द्रिय सदस्य बसन्ती बास्तोला, संचारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डे, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया