अनेरास्ववियु कपिलवस्तु सह-संयोजकको जिम्मेवारी खनाललाई

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको सह संयोजकको जिम्मेवारी अन्जित खनालले पाएका छन् । अनेरास्ववियु कपिलवस्तुको दोस्रो सचिवालय बैठकले खनाललाई सह संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

वि.स.२०६९ सालमा बाणगंगा बहुमुखी क्याम्पसको क्याम्पस कमिटिको सह सचिव भई बिद्यार्थी राजनिति सुरु गरेका खनाल १ दशक बढी सक्रिय रुपमा विद्यार्थी राजनिति गर्दै आएका छन् । उनीसंग अनेरास्ववियुको जिल्ला कमिटि सदस्य, कोषाध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।

जिल्ला सह संयोजकको जिम्मेवारी पाएसंगै खनालले संगठनलाई सशक्त र मजबुत बनाउनमा आफ्नो विशेष भुमिका रहने बताए । उनले सबैको सल्लाह र सुझाव अनुसार संगठनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त समेत गरे

प्रतिक्रिया