

शिवराज जेसिजको नया नेतृत्व अध्यक्ष गिरी चयन

शिवराज जेसिजले नया नेतृत्व चयन गरेको छ । विहिवार शिवराज १ शिवपुरमा भएको पाचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नया समिति चयन गरेको हो ।
जसको कार्यकारणि उपाध्यक्षमा विष्णु भुसाल,गणेश जिसी,कानूनि सल्लाहाकारमा कविराज अधिकारी,महासचिवमा वाइपि पौडेल,कोषाध्यक्षमा विष्णु हमाल,उपाध्यक्षमा तिलक कार्की,मनिष बन्जाडे,रुपेन्द्र आचार्य,युवराज पौडेललाई चयन गरिएको छ ।
अधिवेशनमा वोल्दै वर्ष २०२१ का अध्यक्ष वुद्धिसागर सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको वारेमा प्रकाश पार्नुभएको थियो । पूर्व अध्यक्ष विजय सापकोटाले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भुमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताउनुभयो ।
शिवराज जेसिजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको बताउनुभयो । त्यस्तै संस्थापक अध्यक्ष सरोज पौडेलले हेरेक गतिविधिमा जेसिज सहभागि हुनुपर्ने बताउँदै हेरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्ने बताउनुभयो । नया नेतृत्वलाई वधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिनुभयो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया