

अपाङ्गता भएका व्यक्तिहरुको जीवन शैलीलाई सहज बनाउन आवश्यक छ : सांसद पन्थी



कपिलवस्तु ।
फाउण्ड परियोजना बुटवल कलस्टरले बार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ‘रोजगारी विहिन अपाङ्गता भएका व्यक्तिहरुका लागी उर्जाशिल अवसर भन्न्ने मुल नारालाई आत्मासात गर्दै भएको कार्यक्रम कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं.२ गारुसिङ्गेमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले रोजगारीका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुराउन सबैको पहल आवश्यक रहेको बताए । अपाङ्गता भएका व्यक्तिहरुको जीवन शैलीलाई सहज बनाउन आफुले विगतदेखि नै पहल गरेको र आगामी दिनमा पनि उनीहरुको सुख, दुःखमा साथ रहने उनले प्रतिवद्धता व्यक्त गरे ।
समाजलाई अपाङ्गता मैत्री बनाउन समाजका सबै सम्बन्धित निकाय लागे अपाङ्गता भएकाहरुका लागी सहज बातावरणको सिर्जना हुने उनले दाबी गरे । अपाङ्गता भएकाहरुलाई रोजगारीको प्राथमिकता दिन सके सपाङ्ग सरह कार्य गर्न उनीहरु सक्षम हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा कार्यक्रम संयोजक रामदयाल यादवले विशेष गरि फाउण्ड परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुले सामाना गर्नु परेका समस्या तथा भेदभावलाई न्युनीकरण गर्ने बताए ।
उनले अपाङ्गता भएका व्यक्तिहरु (१८—४५ बर्ष उमेर समूह) लाई आत्मानिरर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको बताए । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो जीवन शैलीमा आईपरेका कठिनाई तथा सहजताका लागी परियोजनाले खेल्नु पर्ने भूमिकाको बारेमा जोड दिएका थिए ।
सबै पालिकाका प्रतिनिधि तथा अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन ढाकाराम अधिकारीले गरेका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया