

बाणगंगामा दश जनालाई मादल र सारङ्गी बनाउन सिकाइयो



रामबहादुर गन्धर्व,कपिलवस्तु ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, राष्ट्रिय सचिवालयको सहयोग तथा सामुुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुको आयोजनामा कपिलवस्तुको बाणगंगा नगरपालिकामा संचालित मादल तथा सारङ्गी निर्माण तालिमको समापन गरिएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मणघाट सामुदायिक वन उपभोक्ता समूह गणेशपुरमा मंसिर २७ देखि सञ्चालित १२ दिने नेपाली मौलिक बाजा ,मादल सारङ्गी निर्माण तालिम सोमबार समापन भएको हो ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला वन महासंघका अध्यक्ष हुमनाथ भट्टराईले तालिमबाट सिकेको सिपलाई सदुपयोग गर्दै ब्यवशायिक बन्नुपर्नेमा सहभागिहरुलाई जोड दिनुभयो । त्यस्तै उहाँले मौलिक कला संस्कृतिको जगेर्ना गर्न त्यस सँग जाडिएका मौलिका बाजाहरुको संरक्षण र विकास गर्नु पर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा १० जना सहभागी भई १२ दिन सम्म मादल र सारंगी बनाउन सिकेका छन् । तालिमको सहजीकरण टेकबहादुर ÷अम्म बहादुर गन्धर्वले गरेका थिए।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया