

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

दाङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका एक कैदी भागेका छन्। घोराहीस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार उपचारका लागि अस्पताल लगिएका बेला फरार भएका हुन्।
जयराम उपचारका लागि बिहीबार बिहान ११ बजे प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए। उपचारका लागि हतकडी खोलेपछि उनले प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको बताइएको छ।
प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। जयरामले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका छन्। उनी कारागारका नाइके पनि हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया