

त्रिशुली सामुदायिक वन उपभोक्त समुहको ७औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न



ई साझाकुरा बुद्धभूमि,
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको वडा २ मा अवस्थित त्रिशुली सामुदायिक वन उपभोक्त समुहको
७औं साधारण सभा तथा चौथो अधिवेशन तथा भवन उद्द्घाटन समारोह बिहिवार सम्पन्न भएको छ ।
वनका अध्यक्ष निलकुमार श्रेष्ठको अध्यक्षत सहित बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठको प्रमूख आतिथ्यताका बिच साधारण सभा सम्पन्न भएको हो । त्यस्तै सोही कार्यक्रममा मेयर श्रेष्ठले सामुदायिक वनको भवनको पनि उद्धघाटन गर्नुभएको छ ।
सम्पन्न साधारणसभामा नगरका विभिन्न राजनैतिक दल,सामुदायिक वनका अध्यक्ष, समाजसेवी, बुद्धिजिवि लगाएतको आतिथ्यता रहेको थियो ।
त्रिशुली सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष श्रेष्ठले आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयो भने कोषाध्यक्ष लक्ष्मी न्यौपानेले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
चौथो अधिवेशनमा पुन निलकुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष घोषण गरिएको छ ।
कलम नाथ थारुको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम हेमेन्द्र भुसालको संचालनमा सम्पन्न भएको छ ।



प्रतिक्रिया