

दिब्य ज्याेति बहुउद्देश्यीय सहकारीद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न



रामबहादुर गन्धर्व,कपिलवस्तु । घरैबाट शुरू गरौ ,महिला हिंसा अन्त्य गरौ भन्ने मुल नारा साथ दिव्यज्याेति महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंङ्गा ५कपिलवस्तुकाे आयोजनामा १६दिने महिला हिंसा कार्यक्रम अन्तरगत महिला समिति निगरानी समूह,सराेकारवाला बिच लैङ्गकि हिंसा ,कुरीति कुप्रथा /बाल बिवाहा सम्बन्धि १दिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। आयोजित कार्यक्रममा बाेल्ने महिला बक्ताहरूले हिंसा आफैबाट न्युनिकरण गर्नु पर्ने बताउदै सबै महिला एक हुनुपर्नेमा जाेड दिए।साथै उनिहरूले जनताबाट निर्वाचित भएका जनप्रतिनिधि हरूकाे उपस्थिति नहुनुले पनि आफुहरूमा थप पिडा भाेग्नु परेको बताए । त्यस्तै कार्यक्रमलाई सम्बाेधन गर्दै सामाजिक अभियानता/ प्रमुख अतिथि रिता पाण्डेले बाणगंङ्गा नगरपालिकामा महिला /बालबालिकाहरूकाे बजेट भए ता पनि खर्च हुन नसकेको वहाँले जिकिर गर्नु भयो । विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,आयोजित संस्थाका शेयरसदस्य शुभेच्छुकहरूकाे उपस्थिति र संस्थाकी अध्यक्ष माया पाण्डेको अध्यक्षता संस्थाकि पुर्व अध्यक्ष शाेभा आचार्य , सामाजिक ब्यक्तित्व राधा पौडेलकाे आतिथ्यता रहेको कार्यक्रम शुशिला आचार्यकाे स्वागत र पवित्रा पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया