

कपिलवस्तुको ओदारीमा रहेको हथौसा लिटर स्टारमा शैक्षिक सामग्री प्रदर्शनी



भगवती न्यौपाने
हथौसा लिटर स्टार सेकेन्डरी इ·लिस बोडि· स्कुल वाणगंगा ११ ओदारी कपिलबस्तुका विद्यार्थीहरुले विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी गरेका छन् । विद्यार्थीहरुलाई विज्ञान, प्रविधि र शिक्षा सम्बन्धमा आफै अन्बेषण गरी सिक्ने बानीको विकास गराउन शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको स्कुलका पिन्सिपल सुन्दर पाण्डेले बताउनु भयो । स्थानिय उपलब्ध सामाग्रीबाट विद्यार्थीमा सिर्जनशीलताको विकास भएको उहाँले बताउनु भएको छ ।
स्थानिय सामाग्री प्रयोग गरि विद्यार्थीले आफनै मेहनतमा हरेक विषय सँग सम्बन्धि शैक्षिक सामग्री प्रदर्शनी गरेका थिए । विज्ञानमा हाइडो पावर प्लान्ट,नेपालीमा व्याकरण ज्ञान र सामाजिकमा नेपालको झन्डा र नक्सा लगायलका दिगो विकास भएको समाज र सन्देश देखाउन खोजिएको कार्यक्रमका संयोजक शिक्षक सर्वेज आलमले बताउनु भयो ।
शैक्षिक सामग्रीको प्रदर्शनी गराउदा विद्यार्थीले सिकेका कुरा चिरस्थायी र दिगो हुने कार्यक्रमका सह-संयोजक श्री प्रसाद पोख्रेलले बताउनु भएको छ । प्रदर्शनी गर्दा बालबालिकाको पढाइप्रति रुचि र सिकाइमा सुधार गर्न सहयोग पुग्ने उहाँले भनाई छ । शैक्षिक सामग्री प्रदर्शनीमा विद्यार्थीले आफै बनाएका सामाग्री प्रदर्शन गरेका थिए । शैक्षिक सामग्री प्रदर्शनीमा स्कुलका सम्पुर्ण शिक्षक र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया