

माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज टंकमणिको दुर्घटनामा ज्यान गयो



रुपन्देही
माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे टंकमणिको दुर्घटनामा ज्यान भएको छ । दाङ्गको भालुवाङ्गमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कदै गर्दा उहाँ चढेकाे लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी केन्द्र बुटवलका संयोजक पुष्पराज ढकालले जानकारी दिनुभयो । बञ्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मोहन खाँणले जानकारी दिनुभयो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया