बाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा गत शुक्रबार भएको मोटरसाईकल दुघर्टनामा परी सोही वडा स्थित भर्लाबासका युवक बिशाल गिरीको सोमबार ज्यान गएको प्रहरीले जनाएको छ ।

भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दुर्घटना भएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो । २१ वर्षीीय गिरीको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै